एनपीएल : पोखराकाे पहिलाे जित हुँदा जनकपुर २४ रनले पराजित
नेपालखोज
२०८२ मंसिर ११ गते १९:२९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बाेल्टसविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।
जनकपुरको भने यो लगातार तेस्रो हार हो । जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया