मंगलबार, पुष १, २०८२

एक हजार दरको ४३ करोड थान नोट छाप्दै राष्ट्र बैंक

नेपालखोज २०८२ मंसिर १२ गते १२:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको थप ४३ करोड थान नोट छाप्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार १००० रूपैयाँ दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चाईना बैंक नोट प्रिन्टिङल एण्ड मिन्टिङ कर्पोरेशन बेजिङ चाईनासंग बिहिबार सम्झौंता गरिएको हो ।

नोट छपाईएको लागि राष्ट्र बैंकले २६ अगस्ट २०२५ बोलपत्र आव्हान गरेकोमा रीतपूर्वक पेश हुनआएको न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता चाईना बैंक नोट प्रिन्टिङल एण्ड मिन्टिङ कर्पोरेशनसँग यही मंसिर ११ गतेअर्थात २७ नोभेम्बर २०२५ करार सम्झौता गरिएको हो ।

सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा१३७ तथा नोट छपाई तथा सिक्का टकमरीसम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएकोरुपमा) को दफा ५४ को व्यवस्था बमोजिम सर्वसाधारणको जानकारीका लागि नोट छपाई सम्वन्त्री सम्झौंताको जानकारी दिईएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार नोट छपाईको लागि एक अमेरिकी डलर एक करोड ६९ लाख ८५ हजार मात्र सम्झौंता भएको हा ।

प्रतिक्रिया