शनिबार, पुष ५, २०८२

कुलमानको उपस्थितिमा मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने

नेपालखोज २०८२ मंसिर १२ गते १४:२५

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले घोषणा सभा गर्ने भएको छ । मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजे सम्म प्रज्ञा भवनमा घोषणा सभा गर्ने भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहनेछन् । याे अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया