सोमबार, मंसिर २२, २०८२

२६ अंकले घट्दा ७ अर्ब पाँच करोडको शेयर किनबेच

नेपालखोज २०८२ मंसिर १४ गते १५:२५

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से घटेको छ । नेप्से आज २६.५१ अंकले घटेर २६ सय ४९.९८ अंकमा झरेको छ ।

नेप्सेमा आज ३४२ वटा कम्पनीहरुको ८४ हजार एक सय ५६ पटकको कारोबारमा एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये उत्पादनमुलक समूहको सूचक ५८.३६ अंकले बढेर सात हजार ९७०.५५ अंकमा चढेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि झिनो अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने १५ दशमलव शुन्य नौं अंकले घटेर १३ सय ८१.४९ अंकमा झरेकोमा बिकास बैंक समूहको सुचक पनि ६०.२२ अंकले घटेर ५४ सय २५.९१ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि १९.२४ अंकले घटेर २२ सय ८१.७५ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ४५.१६ अंकले घटेर तीन हजार ३९०.७६ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि १६४.७३ अंकले घटेर १३ हजार ४६८.६७ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ७६.७३ अंकले घटेर ११ हजार २६.६९ अंकमा झरेको छ ।

नेप्सेमा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सागर डिष्ट्रिली लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया