बुधबार, पुष २, २०८२

‘अघिल्लो सरकारले दुई तिहाइको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनुपर्‍याे, २१ फागुनमै निर्वाचन हुनुपर्छ’

नेपालखोज २०८२ मंसिर १४ गते १८:५१

गण्डकी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनु परेको जिकिर गरे । संयोजक दाहालले विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गरे ।

प्रतिक्रिया