बुधबार, पुष २, २०८२

कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमाडाैं गोर्खाजकाे सहज जित

नेपालखोज २०८२ मंसिर १४ गते १९:०३

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडाैं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमाडाैंले चौथो जित निकालेकाे हाे ।

प्रतियोगिताका काठमाडाैंको यो चौथो जित हो । याे जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडाैं गोर्खाज प्लेअफनजिक पुगेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडाैंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।

याे हारसँगै कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेल खेलेकाे कर्णालीले एकमात्र जित निकालेको छ ।

प्रतिक्रिया