मंगलबार, मंसिर २३, २०८२

क्रिकेट खेलाडीको आत्मविश्वासलाई पुनः बढाउँदै मेटलाइफ

नेपालखोज २०८२ मंसिर १४ गते १९:३१

काठमाडौं । गत वर्षभरि, नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूले निडर आत्मविश्वासका साथ विभिन्न टूर्नामेंटहरु खेल्दै आएका छन् — किनकि प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि उभिएको थियो उनीहरूको भरपर्दो संरक्षकः मेटलाइफ नेपाल ।

अब, एक वर्षसम्म उनीहरूको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि एकपटक नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ, जसले लाखौँ नेपालीको आशा र गर्व बोकेर खेल्ने खेलाडीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्नेछ ।

यस नवीकरणसहितको साझेदारीले पुरुष र महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा क्यानलाई आर्थिक सुरक्षा र सहयोगको पहुँच निरन्तर दिलाउनेछ, जसले उनीहरूलाई खेल, प्रदर्शन र देशलाई एकतामा बाँध्ने क्षणहरूमा पूर्ण रूपमा केन्द्रित रहन सहयोग गर्नेछ ।

यो सुरक्षा प्रतिवद्धता नेपालका लागि विशेष गर्वको क्षणमा आएको हो — किनकि नेपालको राष्ट्रिय क्रिकेट टोलीले आइ सी सी टि २० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले देशको खेलकुद यात्रामा अर्को ऐतिहासिक उपलब्धि जोडेको छ ।

आगामी ठूला प्रतिस्पर्धाहरूको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वासलाई मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ ।

‘मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,’ पूर्व कप्तान तथा क्रिकेट संघका सचिव पारस खड्काले भने, ‘हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौं ।’

मेटलाइफ नेपालका जनरल म्यानेजर, श्री निर्मल काजी श्रेष्ठले भने ‘हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले प्रत्येक प्रदर्शनमार्फत राष्ट्रलाई प्रेरित गर्दा, हामी उनीहरूको सुरक्षामा निरन्तर साथ दिन पाउँदा गर्वान्वित छौं । टोलीले आगामी ठूला प्रतियोगिताको तयारी गर्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको भरोसायोग्य सुरक्षा कवच बनेर साथमा उभिएको छ — जसले हाम्रा राष्ट्रिय हिरोहरूलाई हरेक चुनौती सामना गर्न साहस र आत्मविश्वास प्रदान गर्दछ । किनभने जब हाम्रा खेलाडीहरू निडर भएर खेल्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।’

प्रतिक्रिया