बुधबार, पुष ९, २०८२

आज पनि बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ मंसिर १५ गते ११:१२

काठमाडौं । पछिल्लो ३ दिन लगातार सुनको मूल्य वृद्धि भइरहेको छ । आज सोमबार मात्रै एक तोला सुनको मूल्य १ हजार ४०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो तोलाको २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य यस दिन तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य तोलाको ४५ रूपैयाँले बढेर ३ हजार ५३५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया