आइतबार, मंसिर २८, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नेपालखोज २०८२ मंसिर १५ गते १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रूपैयाँ सहित सिन्धुली मरिण गाउँपालिका–७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ भसन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–४ पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका–११ घर भएका २४ वर्षीय दिपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र ०३–००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका–२ डोरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–१ बस्ने २३ वर्षीय दिपेश धिमाल र ३३ वर्षीय पूर्ण बहादुर जोगी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४७ प ८००२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ सुन्दरबस्ती टोल बस्ने ३३ वर्षीय सुमन तामाङ योन्जनलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ५० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी १९ वर्षीय बिश्राम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका–४ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २५ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका–११ बस्ने २६ वर्षीय निशान न्यौपाने समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–७ बत्तीस टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८७ ट्याब्लेट र स्पास्पेन ८८ ट्याब्लेट सहित सोही नगरपालिका–६ ठाकुरबारी बस्ने पर्वत मोदी गाउँपालिका–६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका–१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका–१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २४ वर्षीय बिशाल बुढा मगर र सोही उपमहानगरपालिका–१५ दिपशिखा चोक बस्ने २७ वर्षीय भिमसेन थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–४ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ

राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने प्युठान, प्युठान नगरपालिका–८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् ।

राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पु¥याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका–१ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

रोजीनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका–६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका–६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

पचरौता नगरपालिका–३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४५ हजार ९ सय ट्याब्लेट सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तालसी गर्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सिराहाको बिष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा म.प्र.०१–००४ प ७८४८ नम्बरको मोटरसाइकल र साइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा साइकल चालक सोही गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ७० वर्षीय सत्य नारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आर्य न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित सडकमा प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ४२ वर्षीय दिप्रेन्द्र पासवानको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने ४५ वर्षीया सुमित्रा देउलाको घरमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, गौरादह नगरपालिका–७ पञ्चकन्या टोल बस्ने घनेन्द्र खरेलको घरमा विद्युत सर्ट भई आइतबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका–२ सिंहदेवी चोकस्थित राज कुमारी शिवाकोटीले सञ्चालन गरेको कस्मेटिक पसलमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

चन्द्रागिरी नगरपालिका–६ दाउराडिपो बस्ने राम बहादुर भट्टको घरबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया