एसिसी यू–१९ प्रिमियर कपः नेपाललाई उपाधि जित्न १४८ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर १५ गते १४:५९

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ ।

अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक-क विकेट लिए ।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् ।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया