माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी बारे दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको छलफल
नेपालखोज
२०८२ मंसिर १५ गते १७:२५

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् ।
भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिएका अध्यक्षको निजी सचिवालयले जनाएको छ ।
साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया