बेपत्ता पर्यटक मृत फेला

नेपालखोज २०८२ मंसिर १५ गते १७:५२

म्याग्दी (बेनी) । अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ ।

यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको हो ।

पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौँ पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ ।

ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता हुनुभएको थियो । प्रहरीले भिरबाट खसेको हुनसक्ने अनुमान गरेको छ । –रासस

प्रतिक्रिया