आइतबार, मंसिर २८, २०८२

बजारको एक पसलमा आगलागी, निभाउने प्रयास जारी

नेपालखोज २०८२ मंसिर १६ गते १४:१७

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा दिउँसो करिब १२:२० बजेतिर आगलागी भएको छ ।

बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए ।

दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया