बुधबार, पुष २, २०८२

एनपीएल : जनकपुर बोल्ट्सको पहिलो जित

नेपालखोज २०८२ मंसिर १६ गते १५:२२

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ । जनकपुर बोल्ट्सले मंगलबार खेलिएको खेलमा चितवन राइनोजलाई ६ विकेटले हरायो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको साबिक विजेता जनकपुर बोल्ट्सले १७.३ ओभरमा केवल चार विकेट गुमाएर १८० रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

एनपीएलको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले हासिल गरेको यो पहिलो जित हो । जनकपुर बोल्ट्स यसअघि लगातार चार खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया