बुधबार, मंसिर २४, २०८२

शुन्य दशमलव ५३ अंकले खुम्चिदा चार अर्ब ४८ करोडको कारोबार

नेपालखोज २०८२ मंसिर १६ गते १५:३०

काठमाडौं । शेयर बजारको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से आज पनि शुन्य दशमलव ५३ अंकले घटेर २६ सय ४४.७० अंकमा झरेको छ ।

नेप्सेमा आज ३२४ वटा कम्पनीहरुको ५६ हजार नौं पटकको कारोबारमा एक करोड आठ लाख १० हजार एक सय छ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४८ करोड १३ लाख ९४ हजार एक सय ४९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेको छ ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव शुन्य तीन अंकले घटेर १३ सय ६३ दशमलव ९७ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ७६ दशमलव ६९ अंकले घटेर १३ हजार तीन सय २२ दशमलव शुन्य एक अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी र लघुवित्त समूहको सूचक पनि क्रमशः ४४ दशमलव २९, शुन्य दशमलव शुन्य चार र तीन दशमलव ३३ अंकले घटेका छन् ।

बिकास बैंक समूहको सूचक भने नौं दशमलव ७२ अंकले बढेर ५४ सय ५० दशमलव शुन्य दुई अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि छ दशमलव ४४ अंकले बढेर २३ सय नौं दशमलव शुन्य नौं अंकमा पुगेको छ । जलबिद्युत समूहको सूचक पनि २३ दशमलव ८९ अंकले बढेर ३४ सय २२ दशमलव ३९ अंकमा चढेकोमा निर्जीवन बीमा समू हको सूचक पनि २९ दशमलव ४१ अंकले बढेर ११ हजार ५५ दशमलव ४२ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सागर डिष्ट्रिलरी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन भेञ्चर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनियन हाईड्रोपावर लिमिटेड परेको छ ।

प्रतिक्रिया