बुधबार, पुष २, २०८२

कर्णालीलाई जितका लागि पोखराले दियाे २०२ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर १६ गते १७:४४

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज भएकाे खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २०२ रनको लक्ष्य दिएकाे छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको हो ।

पोखराका ओपनर रोसिंटनले अविजित १०८ रनको शतकीय इनिङ खेले । उनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । योसँगै रोसिंटन एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो ब्याटर बनेका छन् ।

प्रतिक्रिया