सोमबार, मंसिर २२, २०८२

एनआईसी एसियाका बैंकका ग्राहकलाई दृष्टि आई केयरमा छुट

नेपालखोज २०८२ मंसिर १७ गते ११:३२

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

यसबारे हस्पिटल र बैंकबीच सम्झौता भएको छ । योसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । ईएनटी एन्ड जनरल सर्भिसअन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेष्टिगेसनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, आँखा उपचार गर्दा ओपीडी जनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेज तथा इन्भेष्टिगेसनमा पाँच प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्ट्समा सात दशमलव पाँच प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया