सोमबार, मंसिर २२, २०८२

आग्लोबल आईएमई बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आईफोन १७ जित्ने मौका

नेपालखोज २०८२ मंसिर १७ गते २१:२०

काठमाडौं । ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताका लागि आकर्षक उपहार योजना सुरु गरेको छ । बैंकले फोनपे नेटवर्कमार्फत मोबाइल बैंकिङबाट कम्तीमा तीन पटक रकम ट्रान्सफर गर्ने दुई जनालाई आईफोन १७ प्रदान गर्ने घोषणा गरेको हो ।

योजना अवधिमा फोनपे डाइरेक्टबाट रकम पठाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रयोगकर्ताले दैनिक सामसुङ इयरबड जित्ने अवसर पनि पाउनेछन् ।

यो योजना मंसिर १५ देखि पुस २५ सम्म लागू रहनेछ । बैंकले ७७ वटै जिल्लामा एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित बैंकले रेमिट्यान्सदेखि डिजिटल बैंकिङसम्मका क्षेत्रमा व्यापक सेवा विस्तार गरिरहेको छ ।

प्रतिक्रिया