आइतबार, मंसिर २८, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८२ मंसिर १८ गते १६:४४

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४०० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ, राप्ती गाउँपालिका-७ बस्ने २९ वर्षीय बेगम बहादुर खत्री र मोरङ, रंगेली नगरपालिका-३ बस्ने भोजपुर घर भएका २१ वर्षीय डम्बर बहादुर रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका-१० शान्ति टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको विर्तामोड नगरपालिका-३ बिराटपोखरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५०१ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय सुनिल माझी र ३१ वर्षीय धनन्जय राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-२ गोकुलेश्वरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९७५ ग्राम सहित नौगाड गाउँपालिका-६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका-११ लोकनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय महेश थारू र २४ वर्षीय राज कुमार थारू रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट लागूऔषध गाँजा ५ किलो १ सय ग्रामसहित सप्तरी कन्चनरूप नगरपालिका-९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टार समेतबाट खटिएको प्रहरीले रामपुरबाट कन्चनपुरतर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सौगात चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया