मंगलबार, पुष १, २०८२

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको संख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

नेपालखोज २०८२ मंसिर १८ गते १७:१८

कोलम्बो । श्रीलंकामा हालै आएको चक्रवातले निम्त्याएको  मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जनाएको छ ।

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन् भने राष्ट्रव्यापी रूपमा ४ लाख ५५ हजार ४०५ परिवारका १६  लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डीएमसीले विपद्का कारण १ हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।

कृषि सेवा विभागअन्तर्गतका १ हजार ७७७ वटा ट्यांकी, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ ।

एसियाली विकास बैंकले श्रीलंकालाई आपतकालीन अवस्थामा सहयोग गर्न ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ । -रासस/ सिन्ह्वा

प्रतिक्रिया