सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ मंसिर १९ गते १०:५३

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६२५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया