आइतबार, मंसिर २८, २०८२

लागूऔषधसहित दुई जना पक्राउ

नेपालखोज २०८२ मंसिर १९ गते १६:०४

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित नुवाकोट तारकेश्वर गाउँपालिका-४ बस्ने ३५ वर्षीय सन्तोष वस्तीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ५५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका-११ हिरापुरबाट लागूऔषध गाँजा ५२ किलोग्रामसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.१२ च ४७१० नम्बरको पिकअप गाडीलाई जाँच गर्दा चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक गंगा बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया