देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव
नेपालखोज
२०८२ मंसिर २१ गते ८:३४
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ ।
कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ ।
त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । -रासस
सम्बन्धित








प्रतिक्रिया