मंगलबार, मंसिर २३, २०८२

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपालखोज २०८२ मंसिर २३ गते ११:१५

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

हिजो २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ३६०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया