युरोपियन युनियनका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान

लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गरेका छन् ।
बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा चार नेताहरूले युरोपेली सुरक्षाका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ताको महत्वबारे छलफल गरी अहिलेसम्मको प्रगतिमा आफ्नो समर्थन व्यक्त गरेको जनाइएको छ । यसै विच उनीहरूले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई आगामी दिनमा यस विषयमा निरन्तर छलफल गर्ने जिम्मा दिएको जनाइएको छ ।
उनीहरूले युक्रेनमा कडा सुरक्षा ग्यारेन्टीसहित न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतामा पनि जोड दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कूटनीतिक प्रयासहरू जारी रहँदा, युरोप युक्रेनको साथमा खडा हुनुपर्ने जनाउदै उनीहरुले यसले युक्रेनको रूसी आक्रमणहरू विरुद्ध रक्षा गर्ने क्षमतालाई बलियो हुने विषयमा उनीहरू सहमत भएका छन् । यसै सन्दर्भमा उनीहरूले युक्रेनको पुनः र्निर्माणलाई समर्थन गर्न नियन्त्रमामा लिएको रूसी सार्वभौम सम्पत्तिहरू प्रयोग गर्ने बारे पनि छलफल गरेको जनाइएको छ ।








प्रतिक्रिया