मंगलबार, मंसिर २३, २०८२

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि

नेपालखोज २०८२ मंसिर २३ गते १६:१०

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीहरूबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थीहरू उद्धार गरिएको पुष्टि गर्नु भएको छ ।

विज्ञप्ति जारी गर्दै राष्ट्रपति टिनुबुले स्थानीय सुरक्षा एजेन्सीहरूलाई राज्यको पापिरी क्षेत्रमा नोभेम्बर–२१ मा भएको आक्रमणपछि अझै पनि बन्दी बनाइएका अन्य पीडितहरूलाई उद्धार गर्ने प्रयास जारी राख्न निर्देशन दिएका छन् ।

यस अघि, सुरक्षा बलले घटनाको केही दिन पछि आक्रमणमा अपहरण गरिएका ३१५ विद्यार्थी र शिक्षकहरू मध्ये कम्तीमा ५१ जनालाई उद्धार गरेको थियो ।

नाइजर राज्यको क्याथोलिक स्कुलबाट १०० जना विद्यार्थीहरू सुरक्षित फर्केको बारेमा मलाई जानकारी दिइएको छ, म गभर्नर उमर बागोसँग खुसी छु र दुर्भाग्यपूर्ण घटना पछि विद्यार्थीलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ता सुरक्षा एजेन्सीहरूले गरेको दृढ कार्यको प्रशंसा गर्दछु टिनुबुले भने ।

यसै विच अपहरण गरिएका सबै विद्यार्थीहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने राष्ट्रपतिले अभिभावकहरूलाई आश्वासन दिएका छन् । उनले सुरक्षा फौजलाई देशभरबाट अपहरण गरिएका सबै विद्यार्थी र अन्य नाइजेरियालीहरूलाई उद्धार गरी सुरक्षित घर ल्याउन निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।

उहाँले सबै पीडितहरूको एकिन गरी नाइजेरियाली सरकारले विद्यालयहरू सुरक्षित गर्न र युवाहरूका लागि सुरक्षित र अनुकूल सिक्ने वातावरण सिर्जना गर्न काम जारी राख्ने विश्वास पनि दिलाएका छन् ।

टिनुबुले अब देखि सुरक्षा एजेन्सीहरूलाई ३६ वटै राज्यका गभर्नरहरूसँग मिलेर भविष्यमा हुने अपहरणहरू रोक्नका लागि रोकथामका उपायहरू अपनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया