मंगलबार, मंसिर २३, २०८२

प्रधानमन्त्रीलाई कल्याण श्रेष्ठले भने- निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ

नेपालखोज २०८२ मंसिर २३ गते १९:३८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गरेकी उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो । भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिएका थिए । उनले भने, ‘जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ ।’

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मङ्सिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गरेका जनाइएको छ ।

प्रतिक्रिया