एनपीएल-२ : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै
नेपालखोज
२०८२ मंसिर २४ गते ६:३०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आज प्लेअफमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो । यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।
आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७७ रनको हार ब्यहोरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया