शुक्रबार, मंसिर २६, २०८२

एमालेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

नेपालखोज २०८२ मंसिर २५ गते ८:३६

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ ।

केहीबेरमा पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ ।

आज १४ वटै समितिका संयोजकहरुले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।

प्रतिक्रिया