छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । काभ्रेको पनौती नगरपालिका-५ आईटीपार्कस्थित सडकमा बा.प्र.०२-०१७ प ०४०६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक बाँके नेपालगंज घर भएका १८ वर्षीय सुदिप खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानामा रोकी राखेको बा.२ क ७३५० नम्बरको टिपरमा मोटरसाइकल ठक्कर खाई अनियन्त्रित भई बा.प्र.०१-००६ ख २२१७ नम्बरको टिपरमुनि छिरी उक्त दुर्घटना भएको थियो । दुवै टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहिस्थित सडकमा मधेश प्रदेश-०३-०२७ प ३७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बकुलिया बस्ने ३३ वर्षीय बिनय चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोध्या अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिराहाको सिरहा नगरपालिका-१६ माडरगाउँस्थित सडकमा स.७ प २५५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय तेज नारायण यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया