दुई अंकले घट्दा तीन अर्ब ४९ करोडको शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेर रोकिएको छ । नेप्से आज पनि एक दशमलव ६६ अंकले घटेर २६ सय सात दशमलव ३७ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २६ वटा कम्पनीहरुको ६९ हजार सात सय २९ पटकको कारोबारमा ७७ लाख ६८ हजार छ सय एक कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार सात सय ५६ रुपैैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १३ अंकले बढेर १३ सय ३६ दशमलव ३० अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ९६ अंकले बढेर १३ हजार दुई सय ५५ दशमलव ४१ अकमा चढेको छ ।
यसैगरी उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि क्रमशः ७५ दशमलव ८३, चार दशमलव ५८ र दुई दशमलव ९२ अंकले बढेका छन् । बिकास बैंक समुहको सुचक भने १० दशमलव ५६ अंकले घटेर पाँच हजार तीन सय ४६ दशमलव ६६ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि १४ दशमलव ९८ अंकले घटेर २२ सय ८५ दशमलव ८७ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ३९ अंकले घटेर ३३ सय ६१ दशमलव १६ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १८ दशमलव २६ अंकले घटेर १० हजार आठ सय दुई दशमलव ५२ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानीm सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः ३८ दशमलव ३०, शुन्य दशमलव ३०, शुन्य दशमलव शुन्य सात र १४ दशमलव ८७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वस्तिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया