बिहीबार, मंसिर २५, २०८२

एनपीएल-२ : विराटनगरले लुम्बिनीबाट पायाे १३५ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर २५ गते १७:५२


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल पुग्न विराटनगर किंग्सले लुम्बिनी लायन्सबाट १३५ रनको लक्ष्य पाएको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्‍यो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधि भिड्न्तमा साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।

प्रतिक्रिया