सबैपक्षको सहभागितामा सम्झौता हुनुपर्नेमा जोड
नेपालखोज
२०८२ मंसिर २५ गते १८:२१
काठमाडौं । नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता हुनुपर्नेमा जोड दिइएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जेनजी समूहका प्रतिनिधि अजय सोडारीले बुधबार भएको सहमतिको मस्यौदामा आफूहरुको सहभागिता नभएको र आफूहरुले केवल निर्वाचनका लागि मात्रै आन्दोलन नगरेको जिकिर गरे ।
अर्का जेनजी प्रतिनिधि रवि किरणले सहिद परिवार र युवाको आवाज सुन्न सरकारलाई आग्रह गरे । अर्का प्रतिनिधि सरिश्मा थापाले सम्झौतामा हस्ताक्षर हुने तर कार्यान्वयन नहुने स्थितिको अन्त्य हुनुपर्ने बताए । सरकार र जेनजी प्रतिनिधिबिच बुधबार १० बुँदे सहमति भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया