गाजाका लागि इजिप्टको मानवीय सहायता
नेपालखोज
२०८२ मंसिर २५ गते २०:१४

गाजा । इजिप्टले बाढीले प्रभावित गाजामा राहत सामग्री पठाएको छ । यसमा १४ हजार ३०० ब्लाङ्केट र २१ हजार४०० जाडो लुगा रहेका छन्, जसले प्रभावित परिवारहरूलाई सुरक्षित आश्रय प्रदान गर्नेछ ।
यो राहत सामग्री इजिप्टबाट पठाइएको ठूलो मानवीय सहायता कन्भोयको हिस्सा हो, जसमा ५ हजार५०० टन खाना, तीन हजार ६०० टन स्वास्थ्य तथा राहत सामग्री र ७०० टन पेट्रोलियम उत्पादनहरू समावेश छन् ।
गाजा युद्ध सुरु भएदेखि इजिप्टले ९२ कन्भोयमार्फत धेरै राहत सामग्री पुर्याइसकेको छ। बाढीले झुप्रो तम्बूहरू ध्वस्त भएका छन् र सडक तथा घरहरू पानीले भरिएका छन् ।
खान युनिसमा आठ महिनाकी बच्ची राफाह अबु जजार जाडोबाट मृत्यु भएकी छिन्। गाजाका स्वास्थ्य अधिकारी मुनिर अल-बुर्शका अनुसार, इन्धन अभाव र अपर्याप्त आश्रयका कारण बासिन्दा अत्यन्तै कठिन परिस्थितिमा जिउँदै छन् । -रासस/सिन्ह्वा
सम्बन्धित








प्रतिक्रिया