बैंकिङ प्रणालीमा पुन ६ अर्ब ६० करोड राखिने, कति छ राष्ट्र बैंकमा लगानीयोग्य रकम ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त परिमाणको रकम ३६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि डिसेम्वर १८, २०२५ देखि डिसेम्बर १८, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर २९ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि पाँच अर्ब २८ करोड, राष्ट्रियस्तरको बिकास बैंकहरुमा ९९ करोड र फाइनान्स कम्पनीहरुमा ३३ करोड रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया