आज देशभरको मौसम मुख्यतया सफा रहने
नेपालखोज
२०८२ मंसिर २७ गते ७:०२

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था-देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया