शनिबार, मंसिर २७, २०८२

बागलुङबाट कांग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस

नेपालखोज २०८२ मंसिर २७ गते २०:४९

ढोरपाटन (बागलुङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रत्यक्षतर्फ २० जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति जोकलाल बुढामगरले जानकारी दिए ।

प्रतिक्रिया