आइतबार, मंसिर २८, २०८२

उपाधि जित्न विश्वास हुनपर्ने रहेछ : कप्तान पौडेल

नेपालखोज २०८२ मंसिर २८ गते ६:३३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो ।

उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, ‘उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो । सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ ।’ टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो ।

उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए । प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए । लगातार दोस्रोपटक उपविजेतामै सीमित भएपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले फाइनल आफ्नो पक्षमा नपर्दा प्रतियोगिताभर गरेको मेहेनत खेर गएको बताए ।

उनले भने, ‘एक महिनादेखि उपाधि जित्ने लक्ष्यका साथ मेहेनत गरेका थियौँ, फाइनलमा चुक्दा सबै मेहेनत खेर गयो ।’ ब्याटिङ नचल्नु नै हारको कारण बनेको प्रशिक्षक टमटाले बताए । उनले भने, ‘टस जितेर ब्याटिङ रोजेपछि स्कोर नै कम बन्यो जसले गर्दा विपक्षी टोलीले सहजै जित निकाल्यो । आज हाम्रो खराब दिन थियो ।’

प्रतिक्रिया