सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

नेपालखोज २०८२ मंसिर २८ गते १२:५१

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

बङ्गलादेश सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । विज्ञप्तिमा ‘युद्ध जारी रहेको छ’ भनिएको छ । तर घटनासम्बन्धी थप विवरण तत्काल सार्वजनिक गरिएको छैन ।

यस घटनाप्रति बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले गहिरो दुःख र स्तब्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया