१० दिनको लागि पुन ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैकले आज आईतबार पनि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि १० दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस नौं गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।








प्रतिक्रिया