आइतबार, मंसिर २८, २०८२

१२ अंकले घट्दा चार अर्ब ७४ लाखको शेयर किनबेच

नेपालखोज २०८२ मंसिर २८ गते १५:३०

काठमाडौं । साताका पहिलो कारोबार दिन आइतबार नैं नेप्से शेयर बजार खुम्चिएको छ । शेयर बजार परिसुचक नेप्से आज १२ दशमलव ५० अंकले घटेर २५ सय ९४.८७ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको ६० हजार ६९९ पटकको कारोबारमा एक करोड १२ लाख ७२ हजार एक सय ६८ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा वाँणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ११ अंकले बढेर १३ सय ३६ दशमलव ४१ अंकमा चढेको छ भने व्यापार समूहको सूचक शून्य दशमलव १० अंकले बढेको छ । यि बाहेक बाँकी समूहहको सूचक भने घटेको छ ।

जसमध्ये बिकास बैंक समूहको सूचक १८ दशमलव ५९ अंकले घटेर ५३ सय २८ दशमलव सात अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि १७ दशमलव ८७ अंकले घटेर २२ सय ६७ दशमलव ९९ अंकमा झरेको छ । यसैगरी जलबिद्युत समुहको सूचक पनि ३१ दशमलव ३८ अंकले घटेर ३३ सय २९ दशमलव ७८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय १५ दशमलव ६५ अंकले घटेर १३ हजार एक सय ३९ दशमलव ७५ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वस्तिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कुमारी बैंकको संस्थापक शेयर परेको छ ।

प्रतिक्रिया