स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३९औँ बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८२ मंसिर २९ गते १५:०८

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सोमबार बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षतावेणुगोपाल रङ्गनाथनले गरेका थिए, जसले सेयरधनीहरूको उपस्थितिमा कार्यवाहीको नेतृत्व गरेका थिए ।

सभालाई सम्बोधन गर्नै बैंकका अध्यक्ष रङ्गनाथनले लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य हितधारकलाई उनीहरूको अटुट समर्थनका लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।

उनले भने, ’नेपालको एक मात्र अन्तर्राष्ट्रिय ब्याङ्कको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड हाम्रो अद्वितीय विविधताको माध्यमबाट वाणिज्य र समृद्धि बढाउने हाम्रो उद्देश्य पूरा गर्न प्रतिबद्ध छ’, उनले थप भने, ’बोर्डले २०८२ को अन्त्यमा भुक्तान गरिएको पूँजीमा १९ प्रतिशत नगद लाभांश सिफारिस गरेको छ, जसले विगत तीन वर्षमा स्थिर नगद लाभांश भुक्तानीलाई प्रतिबिम्बित गर्दछ ।

स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा ७० दशमलव २१ प्रतिशत र सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत सेयर रहेको छ । सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट १९ प्रतिशत नगद लाभाँश वितरण गर्नै प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया