मंगलबार, पुष १, २०८२

नेप्से १८ अंकले बढ्दा तीन अर्ब २९ करोडको सेयर किनबेच

नेपालखोज २०८२ पुष १ गते १५:२९

काठमाडाैं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन छ दशमलव ७४ अंकले बढेको नेप्से आज पुन १८ दशमलव ३७ अंकले बढेर २६ सय १९ दशमलव ९९ अंकमा चढेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १५ अंकले बढेर चार सय ५० दशमलव ६७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख चार हजार ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब २९ करोड ४२ लाख २७ हजार एक सय २२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा व्यापार समूहको सूचक शून्य दशमलव ५२ अंकले घटेको छ भने बाँकी समूहहरुको सूचक उच्च अंकले बढेका छन् ।

जसमध्ये वाँणिज्य बैंक समूहको सूचक चार दशमलव ७३ अंकले बढेर १३ सय ५१ दशमलव ४२ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक ८३ दशमलव ९१ अंकले बढेर ५४ सय २९ दशमलव ९१ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि नौं दशमलव ४२ अंकले बढेर २२ सय ९९ दशमलव २० अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि २५ दशमलव ८४ अंकले बढेर ३३ सय ५७ दशमलव ९२ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि ९२ दशमलव शुन्य सात अंकले बढेर १३ हजार दुई सय ७२ दशमलव ४० अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ९६ दशमलव ८७ अंकले बढेर १० हजार आठ सय ७३ दशमलव १६ अंकमा पुगेको छ ।

यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुकि लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः एक सय तीन दशमलव १३, शून्य दशमलव ७०, ३७ दशमलव ९४, ४२ दशमलव ३०, शून्य दशमलव शून्य दुई र २६ दशमलव ७६ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वस्तिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया