मंगलबार, पुष १, २०८२

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई चेम्बर निवर्तमान अध्यक्ष मल्लको आग्रह

नेपालखोज २०८२ पुष १ गते १९:०५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एशोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्धारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवद्र्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुुनिश्चितता हुुनेगरी नीतिगत व्यवस्था रहेको बताए ।

प्राकृतिक स्रोतसाधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल लगानीका लागि उपयुक्त रहेको निवर्तमान अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘चिनियाँ लगानीबाट नेपालमा हुुने उत्पादनले भारत र चिनियाँ बजारमा सहज पहुँच विस्तार गर्न सकिन्छ,।’

नेपालमा बैदेशिक लगानीको सुरक्षाप्रति बर्तमान सरकारको स्पष्ट प्रतिवद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको निवर्तमान अध्यक्ष मल्लले बताए । जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको उनले उल्लेख गरे । यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठूलो पुँजी र विकास अनुभव मार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ ।

चिनियाँ उद्यमी व्यवसायीसंग सहकार्य गर्न तयार रहेको भन्दै मल्लले लगानीका लागि स्थिर, मैत्रीपूर्ण र प्रतिफलको सुुनिश्चितता गराईने बताए । अध्यक्ष मल्लले भने ‘नेपालमा लगानीको सही समय यही हो, अवसरहरू विस्तार हुँदै गएका छन र चीनसंगको साझेदारी झन् बलियो बन्दै गएको छ ।’

नेपाल–चीन सहकार्यले दुवै राष्ट्रका लागि साझा समृद्धि हासिल गर्न सकिने निवर्तमान अध्यक्ष मल्लले बताए । नेपाल चीनबीच सातौं सताव्दी देखि नै ऐतिहासिक सम्वन्ध कायम रहेको भन्दै उनले नेपालकी भृकुुटीको तिव्वतका राजासंग विवाह भएको प्रसंगको स्मरण गरे । नेपालका लागि चिनियाँ राजदूूत चेन जोङले नेपालको पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनियाँ लगानी विस्तार भईरहेको बताए ।

प्रतिक्रिया