बुधबार, पुष २, २०८२

रुसको सम्पत्तिबारे जबरजस्ती गर्न नसकिने इटालीको भनाइ

नेपालखोज २०८२ पुष २ गते २०:१०

रोम । रोक्का गरिएकोरूसी सम्पत्ति प्रयोग गरेर युक्रेनलाई आर्थिक सहयोग गर्ने कुरामा ‘जबरजस्ती गर्न नमिल्ने’ बताउनु भएको छ । इयूको योजनाबारे आफ्नो धारणा राख्ने क्रममा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बुधबार ब्रसेल्समा उक्त भनाइ राखेका हुन् ।

‘यी जटिल निर्णयहरू हुन् जसलाई जबरजस्ती गर्न सकिदैन,’ मेलोनीले बिहीबार र शुक्रबार युरोपेली परिषद्को बैठक अघि युरोपेली संसदुमा सम्बोधनका क्रममा भने ।

‘रूसले आक्रमण गरेको राष्ट्रको पुनर्निर्माणको लागि सबैभन्दा पहिले पैसा तिर्नु पर्छ, तर यो परिणाम ठोस कानुनी आधारमा प्राप्त हुनुपर्दछ भन्ने इटालीले स्पष्ट धारणा रहेको छ,’ उनले थपे । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी दुई वर्षमा किएभलाई ९० अर्ब युरो ऋण प्रदान गर्न रुसी केन्द्रीय बैङ्कको फ्रिज सम्पत्ति प्रयोग गर्ने योजनालाई अघि बढाइरेका छन् ।

यो योजनाले बेल्जियमविरूद्ध रूसी प्रतिशोधको लागि खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ तर अन्य इयू देशहरूबाट भने रोक्का रकम युक्रेनलाई षतिप्रर्ति बापत् दिलाइनुपर्ने बताउँदै आएका छन् । यद्यपि, इयूके कतिपय मुलुकहरूले भने कानुनी र वित्तीय दायित्वहरू साझा गर्ने वैकल्पिक ठोस सुनिश्चिततामा जोड दिइरहेका छन् ।

शिखर सम्मेलनमा सम्भावित विवादमा बेल्जियम सरकारलाई आश्वस्त पार्ने प्रयासहरूमा अहिलेसम्म अन्तिम निर्णय भने हुन सकेको छैन । सिद्धान्ततः इयूका अन्य नेताहरूले बेल्जियमलाई दवाव दिनसक्छन् र भारी बहुमतका साथ पहललाई अगाडि बढाउन सक्छन् ।

रूसले गत हप्ता आफ्नो केन्द्रीय बैङ्कमार्फत् बेल्जियममा रोक्का गरिएको सम्पत्ति रोखेको ‘यूरोक्लियर’ वित्तीय समूहलाई मुद्दा दायर गरिरहेको बताएको थियो । मेलोनीले भने, ‘अन्य साझेदार राष्ट्रहरू अर्थात् बेल्जियमले पनि आ–आफ्नो वित्तीय प्रणालीमा सम्पत्ति रोक्का गर्नेे रूसी सार्वभौम सम्पत्तिको एकल धारकमा ध्यान केन्द्रित गर्नु अदूरदर्शी हुनेछ ।’ –रासस/एएफपी

प्रतिक्रिया