बिहीबार, पुष ३, २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालखोज २०८२ पुष ३ गते ८:३८

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीच रहनेछ ।

प्रतिक्रिया