बिहीबार, पुष ३, २०८२

लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ यही पुस ५ गतेदेखि

नेपालखोज २०८२ पुष ३ गते १७:५२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ ।

लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ । तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ ।

पुस ६ गते दाङको तुल्सिपुर–घोराहीमा टुर आयोजना हुनेछ । पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ ।

साथै पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ ।

लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ । एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदू्रपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो ।

लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । एनपिएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो । —

प्रतिक्रिया