बिहीबार, पुष ३, २०८२

शुक्रबार दिउँसो बस्ने गरी एमाले बोलायो नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

नेपालखोज २०८२ पुष ३ गते १९:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । -रासस

प्रतिक्रिया