बिहीबार, पुष ३, २०८२

निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल

नेपालखोज २०८२ पुष ३ गते १९:५१

तिलोत्तमा (रुपन्देही) । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् । रुपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा आजदेखि सुरु १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटनमा उनले वर्तमान समयमा निर्वाचनको विकल्प नभएको बताए ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताउँदै यसको विस्तारलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस अवसरमा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा प्रदान गर्ने रु ४८ हजार राशिको उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कार २०८१ मेचीकाली राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ । -रासस

प्रतिक्रिया