बिहीबार, पुष ३, २०८२

भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी

नेपालखोज २०८२ पुष ३ गते १९:५९

मस्को । रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी काराकाससँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा प्रतिबन्धित तेल ट्याङ्करहरूको नाकाबन्दी गर्न यसै हप्ता आदेश दिएका थिए ।

यसले वासिङ्टन र भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देशबीच नयाँ तनाव बढेको सङ्केत गर्दछ। भेनेजुएलाले आफ्नो कच्चा तेलको निर्यातमा कुनै असर नपरेको दाबी गर्दै आएको छ । नेता मदुरो क्रेमलिनको सहयोगी मानिनुहुन्छ र वर्षौँदेखि मस्कोमा नियमित पाहुना हुँदै आएका छन् । मस्कोको विदेश मन्त्रालयले ह्वाइट हाउसले भेनेजुएलामा कुनै पनि ‘घातक गल्ती’ गर्न अनुमति नदिनेमा विश्वास व्यक्त गरेको छ ।

अमेरिका सम्पूर्ण पश्चिमी गोलाद्र्धमा अप्रत्याशित परिणामहरूको खतरा हुने स्थितिमा थप चिप्लिनबाट जोगिनेछ’ भन्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ । उसले ‘तनाव कम गर्न’ वार्ताका लागि आह्वान गरेको छ र मदुरोको सरकारलाई समर्थन गरेको छ । क्रेमलिनले भेनेजुयलासँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । -रासस/एएफपी

प्रतिक्रिया